विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई तिहाई पुर्याएर मात्र संविधानको संसोधन हुन नसक्ने भन्दै संविधान सबैलाई पाच्य हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले बुधवार कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस नेकपा एमालेबीचको सहमतिमा संविधान संसोधन गर्न नहुने बताए ।
कोइरालाले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’
उनले संविधान संशोधनका बारेमा नागरिकले यो के हो के भइरहेको छ भनेर बोलिरहेको पनि बताए ।
उनले संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत भएको उनको टिप्पणी छ । कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताए ।
न्यूज समय
९ माघ, २०८१, बुधबार ००:००