कृषि, ऊर्जा तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता : उपप्रधानमन्त्री सिंह

न्यूज समय

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाक्षां पूरा गर्न कृषि, ऊर्जा तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाग्लुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका पूर्व उपसभापति सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे ।

उनले सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका र नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्ने बताए ।