काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेकी छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उउनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गरेकी हुन् ।
परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको एक्समा उल्लेख गरेकी छन् ।
न्यूज समय
८ माघ, २०८१, मंगलबार ००:००