काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्।
ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेकोमा मंगलबार बिहान ट्विटरमार्फत पौडेलले बधाइ दिएका हुन्। साथै उनले ट्रम्पको सफल कार्यकालको कामना पनि गरेका छन् ।
ट्रम्पको दोस्रो कार्यकालमा नेपाल(अमेरिकाबीचको सम्बन्ध अझ बलियो हुने विश्वास पनि पौडेलले लिएका छन्।
न्यूज समय
८ माघ, २०८१, मंगलबार ००:००