काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहिरहनका लागि राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट कहिल्यै नहुने बताएका छन् । नेकपा एमाले परराष्ट्र मामिला विभागद्वारा सोमबार नेपालमा परराष्ट्र नीतिबारे संवाद कार्यक्रमलाई सम्बोधन गर्दै आफूले सत्तामा टिकिरहनका लागि जेस्तोसुकै निर्णय गर्न नसक्ने स्पष्ट पारे ।
नेपालको परराष्ट्र नीतिबारेको संवादमा बोल्दै प्रधानमन्त्री ओलीले पञ्चशिलको सिद्धान्तमा आफू प्रतिबद्ध रहेको बताए । उनले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई पनि बिर्सनुहुँदैन तर, भूराजनीतिको नाममा नेपालको राष्ट्रिय नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने त्यो स्वीकार्य नहुने बताए ।
नेपाल एउटा जिम्मेवार, विश्व शान्ति र न्यायको पक्षधर रहेको ओलीले बताए । राष्ट्रिय हितमा अडान नलिएर भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम आफूबाट नहुने उनको भनाइ छ ।
न्यूज समय
७ माघ, २०८१, सोमबार ००:००