पूर्वडीआईजी जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित

न्यूज समय

काठमाडौ । पूर्वडीआईजी एवम् गोर्खा मिडियो नेटवर्कका पूर्व संचालक छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । कास्की जिल्ला अदालतले काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुने शर्तमा धरौटीमा रिह गरेको थियो ।

तर उनी एकसाता भन्दा पनि बढि समयपछि अदलतमा उपस्थित भएका हुन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।