इजरायलले स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत आईतबार ७३७ कैदीबन्दीलाई रिहा

न्यूज समय

काठमाडौँ । इजरायलले स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत आईतबार ७३७ कैदीबन्दीलाई रिहा गर्ने भएको छ । न्याय मन्त्रालयको मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा सरकारले हाल हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको उल्लेख छ । 

यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो । विस्तारित सूचीमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीका सशस्त्र शाखाका प्रमुख जकारिया जुबेदी पनि थिए । सन् २०२१ मा इजरायलको गिल्बोआ जेलबाट अन्य पाँचजना प्यालेस्टिनीसँगै जुबेदी भागेका थिए । सम्झौताअनुसार युद्धविरामको पहिलो दिन तीनजना बन्धकहरूलाई हमासले रिहा गर्ने अपेक्षा गरिएकोे छ ।

एएफपी समाचार संस्थाका अनुसार सुरुमा छुट्ने ती सबै महिला बन्धक हुनेछन् । पहिलो चरणमा १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका ३३ जना इजरेली बन्धकहरू चरणबद्ध रूपमा छुट्नेछन् । त्यसको बदलातमा इजरायलको जेलमा रहेका सयौँ प्यालेस्टिनी बन्धीहरू छाडिनेछ रिहा हुनेमा प्यालेस्टिनी वामपन्थी सांसद खालिदा जरार पनि छन् ।

उनलाई इजरायलले गिरफ्तार गरेर कैयौँपटक जेलमा राखेको थियो ।जरार इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली संघले ‘आतंकवादी संगठन’ घोषणा गरेको समूहका एक प्रमुख सदस्य हुन् । सन् १९६७ देखि इजरायलले कब्जा गरेको प्यालेस्टाइनी क्षेत्र वेस्ट बैंकमा डिसेम्बरको अन्त्यतिर पक्राउ परेका ६० वर्षीय उनलाई त्यसयता विनाकुनै अभियोग हिरासतमा राखिएको छ ।

हमासनिकट दुई स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार रिहा गरिने बन्धकको पहिलो समूहमा तीनजना इजरायली महिला सैनिक रहेका छन् । न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलोपटक रिहा हुने कैदीको अन्तिम संख्या हमासद्वारा रिहा गरिएका जीवित बन्धकको संख्यामा निर्भर हुने बताएका छन् ।