काठमाडौं । प्रतिनिधिस सभाका चार ठूला दलका प्रमुख सचेतकहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालय मुख्य प्रमुख सचेतकहरुले छलफल गरेका हुन् ।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौँला, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी छन्।
छलफलमा संसदीय काम कारबाहीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेबारे केन्द्रित भएको एमालेका प्रमुख सचेतक बर्तौँलाले बताए।
न्यूज समय
४ माघ, २०८१, शुक्रबार ००:००