काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण नगरेको भूमि सम्बन्धी अध्यादेश आज आउने बताएका छन्। बालुवाटारमा उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले भूमिसम्बन्धी समस्या सुल्झाउनका लागि अध्यायदेश ल्याइएको बताए ।
उनले भने— ‘आज भूमिसम्बन्धी अध्यादेश आउँदै छ। यसले भूमिसम्बन्धी नसुल्झिएका समस्याहरू छन्, ती सुल्झाउन, सरकारले पहिला आफैँ जमिन किन्न दिन्छ, हाउजीङ गर्न दिन्छ। प्रशस्त घर बनाउन दिन्छ। अनि बनाइसकेपछि हदभन्दा बढी जग्गा किनेछौ बेच्न त पाइँदैन भन्छ।’
अस्तव्यस्त बनाउने नीतिहरूलाई करेक्सन गर्न सरकारले काम गरिरहेको बताए। उनले थपे, ‘घर बनिसकेका छन्, बेच्न पाइँदैन अनि लगानी डुबेन। लिलामी गरेर त्यो किन्छ। बैंकले लोनको सट्टा त्यो घर लिलामी गर्यो अनि किन्छ चाहिँ कसले ? त्यो अस्तव्यस्त बनाउने नीतिहरू हामीले करेक्सन गरिरहेका छौँ।’
न्यूज समय
२ माघ, २०८१, बुधबार ००:००