काठमाडौँ । सरकार बाहिर रहेका दलहरूको बैठकले सरकार स्वेच्छाचारी बनेको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले उक्त ठहर गरेको हो ।
बैठकमा संसद् छलेर अध्यादेशहरु ल्याएको भन्दै त्यसको विरोध गरेको छ । साथै बैठकले संसद्को अधिवेशन बोलाउन माग गरेको छ । यदि सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्नेबारेमा पनि छलफल भएको थियो ।
बैठकले सरकार बाहिर रहेका दलहरूले केही दिनभित्र साझा धारणा बनाउनका लागि समिति पनि बनाएका छन् ।
न्यूज समय
२ माघ, २०८१, बुधबार ००:००