काठमाडौ । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् ।
आफ्नो लेखन तथा निर्देशनमा चलचित्र निर्माण हुने उनले बताए । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पुर्याउन लगिएको बताए ।
ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गर्नेछन् । चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनिल थापालगायतका कलाकारले अभिनय गर्नेछन् ।
न्यूज समय
२ माघ, २०८१, बुधबार ००:००