काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारको आयु धेरै नभएको दाबी गरेका छन्।
प्रेस सेन्टर सिन्धुपाल्चोकको आयोजनामा मंगलवार बिहान सुकुटेमा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अब यो सरकार चाँडै ढल्ने दाबी गरेका हुन्।
उनले भने– ‘यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मिति नै तोक्न त मिलेन।’
न्यूज समय
१ माघ, २०८१, मंगलबार ००:००