अध्यक्षलाई बुझायो नेविसंघको विधान मस्यौदा समितिले संशोधित विधान

न्यूज समय


काठमाडौं । नेपाल विद्यार्थी संघको विधान मस्यौदा समितिले परिमार्जित विधान बुझाएको छ । विधान संशोधन एवम् परिमार्जन गर्नका लागि ७ कात्तिकमा संघले केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति बनाएको थियो । संशोधित विधानमा केन्द्रीय समितिको संख्या १३५ जनाको बनाइएको छ । २९ जना पदाधिकारी हुने व्यवस्था विधानमा राखिएको छ ।

पदाधिकारीमा कोषाध्यक्ष बाहेकका पदमा निर्वाचन हुनेछ । सङ्घीय संरचना र समावेशिताका अनुसरण गरेको विधान मस्यौदा संशोधित विधान आइतबार बुझाएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

संघले बनाएको विधानलाई पार्टीले अनुमोदन गरेपछि लागु हुनेछ । विधान संशोधन र परिमार्जनका लागि आचार्यको नेतृत्वमा बनेको कार्यदलमा केन्द्रीय सदस्यहरु वेक लिम्बू, राजेश कुमार श्रेष्ठ, शुनिल शाही र मन्जु विश्वकर्मा सदस्य थिए ।