प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषदको बैठक, बैठक साँझ ७ वजे वालुवाटारमा

न्यूज समय


काठमाडौं । केहि समययता नियमित रुपमा बस्न नसकिरहेको मन्त्री परिषद्को बैठक शुक्रबार साँझ बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुनेछन्।

नियमित बैठक सामान्यतया बिहीबार र सोमबार बस्ने भए पनि केही यता समयतालिकाअनुसार बस्न सकेको छैन।