एनपिएलकै पहिलो सुपर ओभर खेलमा पोखरा संग १३ रनले हार्यो बिराटनगर

न्यूज समय

जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्र्तगतको आजको खेलमा विराटनगर किङ्ग्स पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनले पराजित भएको छ ।

रोमाञ्चक खेलको सुपर ओभरमा पोखराका लागि रेमन रेफरले १७ र एन्ड्रिस गौसले एक रन बनाएका थिए ।
त्यसको जवाफमा पाँच रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र निकोलश किर्तनले दुई दुई रन बनाएका थिए । त्यसमा विराटनगरले थप अतिरिक्त एक रन पाएको थियो ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरासँग हार खेपेपछि विराटनगरको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।

पाँचौँ खेलमा दोस्रो जित निकालेको पोखराको चार अङ्क पुर्याएको छ । भने समान खेलमा चौथो हार खेपेको विराटनगरको दुई अङ्कमा सिमित छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखारले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३९ नै रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । जारी यो खेल एनपिएलकै पहिलो सुपर ओभर खेल बन्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।