१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

बंगलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गदै ‘बङ्गभवन’ कव्जाको प्रयास

बङ्गलादेशमा राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन अगाडी प्रदर्श भएको छ ।
राष्ट्रपति भवन ‘बङ्गभवन’ तर्फ राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै भवन कव्जा गर्न अगाडी बढेका प्रदर्शनकारीलाई सेनाले ब्यारिकेड लगाएर रोकेको छ ।
राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी भएको भन्दै उनले तुरुन्तै राजीनामा दिनुपर्ने भन्दै उपश्थित सैंयो प्रदर्शनकारीले नारावजी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस अघि मङ्गलबार प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको ¥यालीमा राष्ट्रपतिको राजीनामा सहित पाँचबुँदे मागको घोषणा गरेको थियो ।

सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले उग्ररुप लिदै सेख हसिना सहितको सरकारलाई अपदस्त गरेको थियो ।

हाल बंगलादेशमा हसिना पछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*