१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

दिपेन्द्र प्रकाश के.सी.द्वारा निर्देशित मार्मिक भजन “भगवन तिमी विना” सार्वजनिक

गायक तथा रचनाकार सि.एस साउदले नयाँ भजन “भगवन तिमी विना” हालै बजारमा ल्याएका छन् ।

पशुपति नाथ कोटिहोम स्थलमा छायाँकन गरिएको भजनको शव्द, संगीत तथा स्वर स्वमं सि.एस. साउदकै रहेको छ ।

ऐतिहासिक कोटिहोमको प्राङगणमा छायाँकन गरिएको भजनमा यति धेरै दर्शक र स्टेजमा सहभागि कलाकारहरु राखेर निर्माण गरिएको भजन नेपालकै पहिलो भजन बनेको निर्देशक दिपेन्द्र प्रकाश के.सी.को दावि छ ।

विरेन्द्र भाट “विपिन” द्वारा खिचिएको तथा सम्पादन गरिएको भजन कोटिहोम स्थालमा गरिएको सजावट र राखिएका सामाग्री सहितको छायाँकनले उत्कृष्ठ बनेको निर्देशक के.सी.ले बताए ।

भजनमा मानव सेवा फाउन्डेशन नेपालका संस्थापक अध्यक्ष बाल योगेश्वर विजय कृष्ण मुर्ति जी महाराज, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्य, अन्तराष्ट्रिय स्वर्णपदक विभुषित कथावाचकअमृतशरण देवाचार्य, सि.एस.साउद, प्रभु बैंकका शाखा प्रवन्धक हरिकृष्ण दाहाल, उर्मिला भण्डारी लगायत दर्जन कलाकारहरुले अभिनय गरेका छन् ।

झण्डै १६ मिनेट लामो भजन गायक साउदकै आफ्नो युट्युव च्यालनबाट सार्वजनिक गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*