८ आश्विन २०८१, मंगलवार  |  24 September 2024,Tuesday
Ad

रुसमा शक्तिशालि भुकम्प सहित ज्वालामुखी विस्फोट

रुसमा आईतबार बिहानै सशक्तिशाली भुकम्प गएको छ । अन्तराट्रिय संचार माध्यम सिएनएनका अनुसार भुकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको छ ।
त्यहाँका संचार माध्यमका अनुसार भुकम्पको तीव्रता ७ म्याग्तिच्युड रहेका बताईएको छ ।
भुकम्प पछि आएको सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको अनुमान गरिएको छ ।
भुकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा झण्डै ३० माईल गहिराईमा रहेको थियो ।
रुसको पूर्वी तट तर्फ गएको भुकम्प र ज्वालामुखीले पुर्याएकोअसरबारे कुनै खवर नआएको समेत जनाईएको छ ।
भुकम्पपछि त्यस क्षेत्रमा सुनामी जाने खतरा रहेको र राज्यले स्थानीय नागरिकलाई सतर्क रहन आग्रह समेत गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*