१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

आईसिसि टी–२० विश्वकप क्रिकेटमा नेपाल पहिलो पटक नेदरल्याण्ड संग भिड्दै, खेल राति ९ बजे देखि सुरु हुने

अमेरिका र वेस्ट इन्डिजमा भईरहेको आईसिसि टी–२० विश्वकप क्रिकेटको नवौं संस्करण अन्तरर्गत नेपाल आज पहिलो पटक खेल्दै छ ।

नेपाली समय अनुसार मंगलबार (आज) राति ९ बजे देखि सुरु हुने खेलमा नेपाल पहिलो खेलमा नेदरल्याण्ड संग भिडदै छ ।
झण्डै १० बर्ष पछि विश्वकप खेल खेल्न गएको नेपाली टोलिले राम्रो खेल खेल्ने चौतर्फि अपेक्षा गरिएको छ ।

विशेष गरी क्रिकेटमा विश्वभरबाट प्रसंसा पाईरहेका नेपाली खेलाडीले आत्मविश्वसका साथ खेल खेल्ने प्रतिकृया आईरहेका छन् ।
नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले आईसिसि टी–२० विश्वकपको पहिलो खेल नेदरल्याण्ड संग परेको र उक्त खेल खेल्न आफुले नेतृत्व गरेको नेपाली टोलि उत्साहित भएको प्रतिकृया दिएका छन् ।

आईसिसि टी–२० विश्वकप क्रिकेटको नवौं संस्करणमा जम्मा ११.२५ मिलियन डलर पुरस्कार राशी मध्य विजेता टोलिले २.४५ मिलियन अमेरिकी डललर अर्थात ३२ करोड ४५ लाख बढी नेपाली रुपैयाँ पुरस्कार पाउनेछ ।

वेस्ट इन्डिज र अमेरिकाको ९ वटा रंगशालामा २८ दिन सम्म संचालन हुने प्रतियोगितमा जम्मा ५५ वटा खेल हुनेछ ।

यो विश्वकप अहिले सम्मकै ठुलो मानिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*