२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

प्रहरी प्रधान कार्यालयद्वारा ४८ एसपी र १२० डीएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले एकैपटक ४८ प्रहरी उपरीक्षक (एसपी) हरू र १२० नायव प्रहरी उपरीक्षा (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकले केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा गर्ने शुक्रबारको निर्णय गरेका थिए ।

जसअनुसार कास्कीका एसपी अजय केसीलाई नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा गरिएको छ । यस्तै बारा जिल्लामा कार्यरत एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा ल्याइएको छ ।

त्यसैगरी दाङ प्रहरी प्रमुख वीरबहादुर ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा सरुवा गरिएको हो ।

सरुवाकै क्रममा नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा ल्याइएको छ ।

यसैगरी पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगन्ज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा ल्याइएको छ ।

यस्तै कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई भने नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको छ ।

सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगन्ज, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगन्ज र उदयपुरका ज्ञानेन्द्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरोमा ल्याएको प्रहरी प्रधान कार्यालयद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*