२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

प्रधानमन्त्री दाहालको अपिल धरानबासीलाई (विज्ञप्तिसहित)

आपसी सद्भाव र एकता नभड्काउन प्रधानमन्त्री पुष्पकमल दाहालले धरानबासीलाई अपिलमार्फत आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले शनिबार साँझ विज्ञप्तिमार्फत हरेक समस्या र विमतिहरू संवाद र सहमतिको माध्यमबाट समाधान हुने भएकाले विभाजित मनोविज्ञानबाट टाढा रहन सम्पूर्णमा आह्वान गरेका हुन् ।

केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव र एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सम्झाउँदै विज्ञप्तिमा उनले नेपाल सरकार यसप्रति गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हरेक समस्या, विमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ ।’

धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै उनले त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा अपिल गरेका छन् ।

एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्रै राष्ट्रिय एकता हासिल गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*