२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

एमसीसीका दुई ठूला हाकिम नेपाल छिट्टै आउँदै

सर्वसाधारण त्रसिद र नेताहरु पर्फुल्लित भएको बहुचर्चित विदेशी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दुई ठूला हाकिमहरु यतिबेला नेपाल भ्रमणमा छन् ।

एमसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको हो।

उपाध्यक्ष अल्फोर्डले नेपालमा एमसीसी सम्झौता कार्यान्वयनमा जाने (इन्ट्री इन्टु फोर्स–ईआईएफ) दिनको अवसर पारेर नेपाल आउने छन् ।

सीईओ अल्ब्राइटले भने एमसीसी कार्यान्वयनमा गइसकेपछि अक्टोबरमा नेपाल भ्रमण गर्ने जानकारी कार्यालय स्रोतले दिएको छ । एमसीसी कार्यालयले यही भदौ १३ गतेसम्ममा पूर्वतयारी सक्ने घोषणा गरिसकेको छ ।

एमसीसीको सञ्चालक समिति अमेरिकी विदेशमन्त्रीको अध्यक्षतामा हुन्छ । सीईओ यसको सञ्चालक समिति सदस्य अतिरिक्त कार्यकारी प्रमुख पनि हुन्छन् ।

नेपालमा एमसीसीको अनुदानको परियोजना सञ्चालन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले आगामी अगस्त ३ बाट परियोजना कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*