२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

संघीय संसदको बैठक आज बस्दै

संघीय संसद प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकका लागि आज आइतबार दिउँसो १ बजे आह्वान गरिएको हो ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यक्रम तय भएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बनबारे सभामुखले सुनाउने छन् । साथै, सांसद डा. सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराइनेछ ।

अन्य कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।

त्यसैगरी शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यक्रम पनि छ ।
यस्तै संसद बैठकमा लगातार उपस्थित नहुने सांसदहरुको हकमा सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थितहरूलाई कारबाहीसम्बन्धी सूची सभाको स्वीकृतिका लागि पेश गर्ने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*