२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

कागबेनी बजारबाटै बग्यो खोला : १० घर बगायो

मुस्ताङको कागबेनी बजारमा रातिको समयमा खोला बस्तीबाटै बगेको छ । दिनभरिको अबिरल वर्षापछि खोला बढेर बजारको बीचबाटै हिडेको हो ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा बाढी पस्दा १० घर बगाएको छ । यहीको एउटा प्रहरी चौकी र पुल पनि बगाएको प्रहरले जनाएको छ ।

गाउँपालिका केन्द्रसमेत रहेको कागबेनीमा राति ८ बजे कागखोला गाउँमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको हो ।

गाउँपालिका अध्यक्ष रिनजिन गुरुङका अनुसार १० वटा घर होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटर पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत पोल बगाएको छ ।

कागबेनीभन्दा माथि थुनिएको तिरिखोला फुटेपछि ठूलो बाढी आएको हो । बाढी आउँदै गरकेो सूचना अघि नै पाउँदा घर खाली गराउन भ्याएकोले मानवीय क्षति भने हुन पाएको छैन । कागबेनीस्थित धर्मशाला पनि पुरिएको छ । बस्तीभित्र पसेको बढीले धेरै घर बस्नै नहुने भएका छन् । ठूलो धनमाल क्षति भएको छ । मुक्तिनाथ क्षेत्रदेखि बग्ने कागखोला कागबेनी बजारको बीचबाट बग्छ ।

बाढी गएसँगै उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि खटिएका छन् । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक पनि अवरुद्ध छ ।

बजारमा रातिदेखि नै विद्युत आपूर्ति बन्द भएको छ । दुई दिनदेखिको लगातार वर्षाले मुस्ताङका अन्य खोलानाला पनि बढेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*