संवैधानिक परिषद्को बैठक मंगलबार

न्यूज समय

प्रधानन्यायाधीश नियुक्ति सिफारिससहितका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ । सर्वोच्च अदालतमा साउन २० गते प्रधानन्यायाधीश खाली हुने छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते उमेरहदका कारण अबकाश गएपछि खाली पदका लागि संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने हुन्छ । सोही मुताविकखासगरी प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार साँझ ४ बजे बैठक बस्न लागेको हो ।

बैठकका लागि आइतबार प्रधानमन्त्री र र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता भएको थियो । सोही भेटपछि मंगलबार बैठक बोलाउन लागिएको हो । संवैधानिक परिषद्को सदस्यमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, प्रधानन्यायाधीश, कानुन मन्त्री रहने छन् ।