१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

सय किलो सुन प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

काठमाडौंको सिनामंगलबाट हिजो राति बरामद करिब १०० किलो सुन प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । राजस्व अनुसन्धान विभाग सम्मिलित टोलीले एकजना भन्सार एजेन्टलाई पनि पक्राउ गरेको हो ।

विभाग स्रोतका अनुसार सो प्रकरणमा आरोपित व्यक्तिको खोजी भइरहे पनि केही पोलिएका फरार छन् । पक्राउ पर्नेमा रेडी ट्रेडर्सका सञ्चालक दीलिप भुजेल, सुन लोड गरिएको ट्याक्सीका चालकसमेत रहेको स्रोतले बतायो । तर अनुसन्धान प्रभाव पर्ने भन्दै कसैको पनि नाम सार्वजनिक गरिएको छैन ।

त्रिभुवन विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लोड गरी लैजाँदै गरेको करिब १०० किलो सुन बुधबार साँझ बरामद गरिएको थियो । सोही बेला २ जनालाई नियन्त्रणमा लिइएको थियो । अन्य ४ जनालाई भने बिहीबार बिहान पक्राउ गरिएको राजश्व विभाग स्रोतले जानकारी दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*