ललिता निवास प्रकरणमा सुब्बा र खरिदार पक्रिय

न्यूज समय


बहुचर्चित ललिता निवासको जग्गा प्रकरणमा थप २ जना सामान्य कर्मचारी पक्राउ परेका छन् । सानो माछामात्र समातिए आरोप आइरहेका बेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्काली नायब सुब्बा र खरिदारलाई नियन्त्रणमा लिन सफल भएको हो ।

सीआईबीले आज पक्राउ गरेकामा पूर्व नायब सुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठ रहेका छन् । उनीहरुलाई काठमाडौंबाटै पक्राउ गरिएको हो ।

आरोपी पौडेल डिल्ली बजार मालपोतमा कार्यरत तत्कालीन नासु हुन् भने श्रेष्ठ पनि त्यहीका खरिदार थिए ।