मनाङ एयरको हेलि सम्पर्कबिहीन

न्यूज समय

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कबिहीन भएको छ । आज बिहान १० बजेतिर ६ यात्रुसहित उडेको होलिकोप्टर बेपत्ता भएसँगै खोजी कार्य जारी रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हराइरहेको हेलिकप्टर खोजीमा अल्टिच्युड एयरको हेलिकप्टर पठाएको छ । सो हेलिलाई लामजुरा पास क्षेत्रतिर खोजी केन्द्रित गराउने पनि स्रोतले बतायो ।

तर पछिल्लो समाचारअनुसार सोलु दूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।