नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सञ्चार सूचना तथा प्रविधि सचिव कृष्णबहादुर राउतलाई नियन्त्रणमा लिएको छ । चर्चित ललिता निवास जग्गा प्रकरणमा सीआईबीले सचिव राउत नियन्त्रणमा लिएको हो ।
विराटनगर जाँदै गर्दा आज सचिव राउतलाई त्रिभुवन विमानस्थल काठमाडौंबाट पक्राउ गरिएको थियो । अनियमितता गरेको आरोपमा पक्राउ पर्ने बहालवाला सचिवमा उनी दोस्रो व्यक्ति हुन । यसअघि भूटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
आवास तथा भौतिक योजना मन्त्रालयमा शाखा अधिकृत छँदा उनले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउने क्रममा महत्वपूर्ण भूमिका निभाएको तथ्य सीआईबीले फेला पारेको बताइएको छ ।
न्यूज समय
२४ असार, २०८०, आईतबार ००:००