घरमाथि पहिलो खस्दा अर्घाखाँचीमा ३ जनाको ज्यान गयो

न्यूज समय

अविरल वर्षासँगै गएको पहिरोले पुरिएर अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. १ गोवनपानीमा तीनको मृत्यु भएको छ । उनीहरुको घर पहिरोले पुरिँदा मृत्यु भएको हो ।

स्थानीय गंगा रास्कोटीको घरमाथि पहिरो खस्दा घरभित्र रहेका ३ जनाको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ८ बजेतिरको समयमा पहिरो खसेर घर पुरेको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खिदिमको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार पहिरोले पुरिएका सचिन रास्कोटी भने घाइते छन् । अन्यलाई गम्भीर अवस्थामा पहिरोबाट निकालिएको थियो । तर उनीहरु तीन जनाको भने केहीबेरमै ज्यान गएको हो ।