सत्ता समीकरणमा खपट आइरहेको बेला ललिता निवास प्रकरणले भने अरु चर्चा पाइरहेको छ । सो प्रकरणमा संलग्न व्यक्तिहरुको पोल खोलिएसँगै पक्राउ पनि पर्न थालेका छन् ।
केन्द्रीय अनुसन्धान व्युरोले आफ्नो गतिविधि बढाएसँगै आज पनि समरजंग कम्पनीका तत्कालीन प्रमुख र अर्का एक जना नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कम्पनीका पूर्व प्रमुख रमेश पोखरेल हुन् । उनीसँगै नक्कली मोही बनेको देवनारायण महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गृह मन्त्रालय मातहत रहने समरजंग कम्पनी नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो । सोही जग्गापछि व्यक्तिका नाममा सारिएको हो ।
यसअघि हिजो आइतबार पनि व्युरोले महानगरपालिकाका कर्मचारीसहित ३ जनालाई आफ्नो नियन्त्रणमा लिएको थियो । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउन अनुमति दिने तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई पछिल्लोपटक अनुसन्धान व्युरोले फाइलहरु खोल्न थालेपछि उनीहरु पनि तानिने अनुमान गर्न थालिएको छ ।
न्यूज समय
१८ असार, २०८०, सोमबार ००:००