१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

राष्ट्रिय धान दिवस : दही चिउरा खाएर असार १५ मनाइँदै

मानो खाएर मुरी उब्जाउने समय । असार महिना किसानका लागि साह्रै महत्वपूर्ण समय । यतिसम्म कि गाउँमा कसैको निधन भयो भने पनि खेत रोपिसकेर जलाउने भन्ने उक्ति नै चलेको छ । जतिसुकै जुनसुकै अवस्थामा पनि किसान खेतमै पुगेको हुन्छ भन्ने भनाइ हो ।

यो वर्ष पनि मौसमले साथ दिएको छ । खेत रोपाइँ धमाधम सुरु भएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ मूल नारासाथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।

नेपालमा सरकारले वि.सं २०६१ मा मन्त्रिस्तरीय निर्णय गरेर ०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यो निरन्तरता ८० सालमा पनि मूल नारा तय गरेर मनाइँदै छ ।

नेपालमै सबैले जहिल्यै र खास खानाको रुपमा लिइने बस्तु चामल बन्ने धान प्रमुख खाद्यान्न बाली हो । तर विविध कारणले धान उत्पादन घट्दै गए पनि सरकारले यसलाई प्राथमिकता दिएर दिवसकै रुप दिएर प्रोत्साहन थालेको छ । मौसम अनुकूलन भएको अवस्थामा नेपालमा अझै पनि धान उत्पादन राम्रै हुन्छ । तर मल बिउ समयमा नपाउँदा किसानलाई समस्या हुन्छ ।

यही मेसोमा खेतको गह्रासम्म नपुग्नेहरु पनि असार १५ मा दही, चिउरा, आँप, केरा खाएर दिवस मनाउन थालेका छन् । असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा हाम्रो पनि सबैमा शुभकामना ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*