पहिरोको पीडा : ओखलढुंगामा ३ जनाले ज्यान गुमाए, १ बेपत्ता

न्यूज समय

यस वर्षको मनसुन सुरु भएसँगै पूर्वी नेपालमा बाढीपहिरोले ठूलो क्षति गरेको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ मा बिहीबार राति गएको पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । एक जना भने अझै हराइरहेको स्थानीयले बताए ।

पहिरोले घर पुरिँदा एकै परिवारका रणबहादुर गुरुङ, उनकी श्रीमती शिवमाया र १८ महिने छोरी कृतिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको छ भने अन्य प्रभावितको उद्धार सुरु भएको प्रहरीले जानकारी दिएको छ ।