२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक

निर्वाचन अयोगले यहि फागुन २५ गते हुन गइरहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको चुनावको मतदाता नामावली अनुसार संघीय संसदबाट ३३१ र प्रदेशसभाका ५५० सांसदले मतदान गर्ने छन् ।
कुल ३३४ जना संघीय सांसद रहेकोमा ३ जनाको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा नाम समावेस छैन् ।
चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता छानविनमा सर्वोच्च अदालतको आदेश पछि सांसद पद गुमे संगै संघीय संसदको त्यस स्थानबाट एक सिट खालि छ ।
त्यस्तै भ्रष्टाचारको मुद्दामा निलम्बित सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको पनि मतदाता नामावलीम नाम छैन् ।
गुरुङ भ्रष्टाचारको मुद्दामा निलम्बित छन् भने, चौधरी ट्याक्टर जलाईएको अभियोगमा अदालतद्वारा दोषी ठहर भए जेल चलान भए पनि राष्ट्रपतिबाट आम माफि पाएका व्यक्ति हुन् ।
प्रकाशित नामावलीको भोलि विहिबार ३ बजे सम्म दावि विरोध भए त्यसको छानविन गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशित गर्ने समय तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै आयोगले जारी गरेको निर्वाचन तालिका अनुसार १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन गर्ने तैयारी रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*