औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका दुई औषधीको गुणस्तर परिक्षा सन्तोषजनक नभएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
रुपन्देही स्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि २१०४’ र काठमाडौं स्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस २१२१’ ट्याबलेट भिटामिनको औषधीको गुणस्तर न्यून भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागले २७ गते एक सूचना प्रकाशित गर्दै सो ब्याचको औषधिको बजारमा बिक्री तथा वितरणमा रोक लागएको छ ।
न्यूज समय
२७ कार्तिक, २०७९, आईतबार ००:००