जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीले कारबाही गरेको छ ।
अध्यक्ष उपेन्द्र यादव पक्षले कारवाही गर्दै अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
आज बसेको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुर सहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला लागएतलाई पार्टीको सदस्यबाट निष्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले बताए ।
यो कारवाही संगै पार्टी अध्यक्ष उपेन्द्र यादव समुह र अर्का अध्यक्ष महन्त ठाकुर समुह झण्डै औपचारिक बिभाजन नजिक पुगेको धेरैको बुझाई छ ।
न्यूज समय
१८ जेष्ठ, २०७८, मंगलबार ००:००