२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

वाइडेनका सपथबा बेला अमेरिकी संसद भवन बन्द गरिने


नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित उप राष्ट्रपति कमला ह्यारिस बुधवार शपथ लिँदै छन्। शपथ ग्रहण समारोहमा ट्रम्प समर्थकहरूले हिंसा गर्ने सम्भावना रहेका कारण वाशिंगटन डीसीमा लकडाउन घोषणा गरिएको छ। साथै अमेरिकी संसद भवन बन्द गरिएको छ।

समाचार एजेन्सी रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, आन्तरिक सुरक्षा जोखिमका कारण राजधानी परिसर ९युएस क्यापिटल कम्प्लेक्स० मा व्यक्तिहरूको प्रवेशलाई प्रतिबन्ध गरिएको छ।

यस्तै जो बाइडेनको पदभार ग्रहणको रिहर्सल पनि स्थगित गरिएको छ। बाइडेनको शपथअघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं सुरक्षा गार्ड तैनाथ गरिएको छ।

संसद भवनका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ। संसद भवनमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा पाँच जनाको मृत्यु र हजारौँ घाइते भएका थिए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*