पछिल्लो २४ घण्टामा उपत्यकामा थप १६३ जनामा कोरोना पुष्टि

न्यूज समय

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।