राजधानीमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफ र प्रदेश नम्बर एक बिच खेल हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजेबाट सुरू हुनेछ। एपीएफको कप्तानी शरद भेषावकरले निभाउने छन् भने प्रदेश एकको कप्तान सिद्धान्त लोहनी हुन्।
राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा शुक्रबारबाट सुरू भएको प्रतियोगिता माघ १७ सम्म चल्नेछ।
हिजो भएको पहिलो खेलमा नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराउँदै विजयी सुरूवात गरेको छ
न्यूज समय
३ माघ, २०७७, शनिबार ००:००