अमेरिकी संसदमा भएको हिंसात्मक आक्रमणमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

न्यूज समय


अमेरिकाको राजधानीमा भएको हिंसात्मक आक्रमणमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवनमा गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अन्य तीनजनाको अस्पताल लैजाँदै गर्दा निधन भएको वासिंगटन प्रहरीले जनाएको छ।

एक महिलाको संसद् भवनमै गोली लागेर मृत्यु भएको हो। अरू एक महिला तथा दुई पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको डिसी प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन्। रिपलिब्कन र डेमाक्रेटिक पार्टी कार्यालयबाट दुईवटा पाइप बम बरामद भएको छ। मृत्यु हुनेमा एक नाभी अफिसरको पनि छन्।

डिसीका मेयरले १५ दिनको लागि सार्वजनिक आपतकाल लगाउने निर्णय गरेका छन्। बिहान ६ बजेसम्म कर्फ्यू आदेश गरिए पनि त्यसलाई उल्लंघन गर्दै लगातार हिंसात्मक प्रदर्शन भइरहेका छन्