शिव श्रेष्ठका छोरा र करिष्मा मानन्धरकी छोरीको यस्तो प्रेम कहानीको शीर्ष गीत सार्वजनिक

न्यूज समय

अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेतृ करिष्मा मानन्धरकी छोरी कविता मानन्धरको डेब्यु फिल्म एउटा यस्तो प्रेम कहानीको शीर्ष गीत सार्वजनिक भएको छ। गीतमा शक्ति र कविताको रोमान्स देख्न सकिन्छ। मंगलबार निर्माण टोलीले एक समारोहबीच गीत सार्वजनिक गरेको हो।

कार्यक्रममा अतिथिको बाक्लो उपस्थिति रहे पनि फिल्मका कलाकार भने कम मात्रामा उपस्थित भएका थिए। माघ १ गतेलाई प्रदर्शन मिति राखेर फिल्मको प्रचारप्रसार तीव्र पारिएसँगै गीत पनि सार्वजनिक गरिएको हो । केही दिनमा ट्रेलर सार्वजनिक गर्ने पनि बताइएको छ। अघिल्लो हप्तामात्रै फिल्मको सुस्मा कार्कीको नृत्य रहेको आइटम गीत सार्वजनिक गरिएको थियो।

सरकारले हल खोल्ने अनुमति दिएसँगै हलमा यो फिल्म पहिलोपल्ट लाग्दैछ। फिल्ममा शक्ति र कविताका अतिरिक्त निर्माता दिनेश दर्शनधारीका छोरा संयक दर्शनधारीको प्रमुख भूमिका छ। यी कलाकारसँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, शिव श्रेष्ठ, वर्षा राउत, संजोग कोइराला, बसुन्धारा भुसाल, मिथिला शर्मा, नरेन खड्का लगायतको अभिनय रहनेछ।

https://www.youtube.com/watch?v=vA-sa3pdT3w&feature=emb_title