प्रधानमन्त्रीले संसद भंग गरेको विरोधका प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा भएको प्रर्दशनबाट उनी सहित पाँच जना विद्यार्थीहरु पक्राउ परेको विद्यार्थी नेता मनिष सिम्खडाले जानकारी दिए ।
सिम्खडाका अनुसार उनीहरुलाई सर्बोच्च अदालत अगाडिको प्रदर्शनबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा त्रिपाठी सहित नेविसंद्ध सिटिइभिटीका अध्यक्ष कर्ण ओली, विद्यार्थी नेताहरु करुणा सागर सिग्देल (ब्युलोन), अर्बत खड्का र राकेश शिवाकोटी छन् ।
आज संसद भंग विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदनको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ
न्यूज समय
१० पुस, २०७७, शुक्रबार ००:००