भारतमा नरेन्द्र मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध आन्दोलनरत किसानले आज भारत बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्। मोदी सरकारले ल्याएको सो कृषि कानुनविरुद्ध पन्जाब र हरियाणका किसान १२ दिनदेखि आन्दोलनमा छन्।
किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन्। यसै क्रममा उनीहरूले आज भारत बन्दको घोषणा गरेका हुन्। आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन्।
किसान नेता बलवीर सिंह राजोवालले बन्द बिहानदेखि साँझसम्म हुने र चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिने बताएको बीबीसी हिन्दीले जनाएको छ । किसानहरुले बन्दका दिन दूध सब्जी आपूर्ति रोक्न आह्वान गरेका छन् तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन।
न्यूज समय
२३ मंसिर, २०७७, मंगलबार ००:००