कोरोनाबाट बच्न यसकारण जरुरी छ, साबुन पानीले हातधुन
बसन्त योगी,
बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) स्पेनिस फ्लूपछिकोे ठुलो महामारी हो । सन् २००२ मासार्स र २०१२ मा देखिएको मर्स पनि महामारीकै रुपमा फैलिएको फ्लूले पनि लाखौको ज्यान लिएको थियो । चिनको उहानबाट डिसेम्बर २०१९ देखि शुरु कोभिड १९ स्वासप्रस्वास र व्यक्तिगत सम्पर्कबाट संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा सर्ने सरुवा रोग मध्येको भयानक सरुवा रोग हो । बिश्व स्वास्थ्य संगठनले यो रोगलाई ११ मार्च २०२० का दिन बिश्व महामारीको रुपमा घोषणा गरेको हो ।
नेपालमा भने यो रोग १३ जनबरी २०२० मा चाइनाबाट नेपाल आएका १ जना पुरुषमा पहिलो पटक देखिएको थियो । त्यसपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएर डेढ लाख नाघिसकेको छ । यो क्रम बढ्दो छ ।
चिकित्सकहरुका अनुसार कोरोना भाइरसवाट संक्रमित व्यक्तिले खोक्दा वा हाच्क्ष्यौं गर्दा मुखबाट निस्केका खकार र थुकका छिटाहरु सतहमा पर्छन र यदि उक्त सतहमा हातले छोएपछि हातहरुले भाइरस लिन्छ र ती हातहरुले अनुहार, मुख, नाक,र आँखाहरु छोएमा भाइरस घाँटी र स्वरयन्त्र कोर्ने कोषहरूको सम्पर्कमा आउँछन । कोरोना भाइरस औषत १२० न्यानो मीटरको हुन्छ भनिन्छ । यो भाइरस बाहिरी वातावरण र जीवित प्राणीभित्र रहन सक्छ । कुनै पनि सजिब बस्तु जस्तै मानिस, जनावर वा ब्याक्टेरिया समेतमा यो भाइरस प्रवेश गर्यो भने यसको वृद्धि गुणात्मक रुपमा हुने गर्छ ।
अहिलेसम्मको बैज्ञानिक अध्ययनहरुको आधारमा कोरोना भाइरस बाहिरी सतहमा पाइने वा रहेको प्लास्टिक,स्टील,तामा र कार्डबोर्डहरुमा केहि घण्टासम्म रहनसक्छ । प्लास्टिक र स्टीलमा यो भाइरस ७२ घण्टासम्म रहन सक्छ भने कार्डबोर्डमा २४ घण्टासम्म रहन सक्छ । त्यस्तै, तामामा करिब ४ घण्टा सम्म रहन सक्छ । केहि अध्ययनहरुले यो भाइरस हावामा समेत रहन सक्छ भनि दाबी गरेका छन । तर, यो भाइरसको बारेमा अझै बैज्ञानिक अध्ययन र अनुसन्धान जारी नै छ । थप बास्तबिकताहरु प्रमाणित गर्न अझै बाँकि नै छ ।
कोरोना भाइरस मानिसको हातहरुमा सजिलै बस्न सक्छ । यस भाइरसको सतहमा प्रोटीन हुन्छ जुन त्यो रिसेप्टरमा लक हुन्छ र यसको आरएनए सेलमा स्लिप हुन्छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरु मध्ये साबुन पानीले हातधुने एक उत्तम उपाय साबित भएकोछ । साबुन पानीले मिचीमिची हातधुनु सस्तो र अति उत्तम उपाय हो । यदि साबुन पानीले कम्तिमा पनि २० सेकेन्ड जति हातहरु मिचीमिची धोएमा साबुनले भाइरसको फ्याट झिल्लीलाई भंग गर्दछ र भाइरस मर्छ ।
अहिलेसम्मको अध्ययन र अनुसन्धानले नेपालको सन्दर्भमा कुरा गर्दा हातधुने दर अतिनै कमजोर छ । मुलत मानिसहरुले दिसा गरिसकेपछि र खाना खानु आगाडि हात धुने गरेको देखिन्छ । यो अभ्यास आफैमा राम्रो हा,े तर यतिले मात्र पुग्दैन । बिश्व स्वास्थ्य संगठनले र अन्य विभिन्न प्रमाणहरुको आधारमा अन्य जोखिमको अवस्थाहरु जस्तै कुनैपनि फोहोर चिज छोईसकेपछि, बच्चाको दिसा बिसर्जन गरेपछि, बच्चालाई खाना खुवाई सकेपछि, स्तनपान गराउनु आगाडि साबुन पानीले हात धुनुपर्छ र संक्रमणबाट रोक्न सकिन्छ भन्ने कुरा स्पस्ट छ, तर अधिकांस मानिसहरु यो कुरा ख्याल राख्दैनन् ।
अहिलेको यो कोरोनाको महामारीमा हरेक व्यक्तिले आफ्नै सक्रियतामा आफ्नो हात साबुन पानीले धुने कुरालाई बढी महत्व दिनु अति आवश्यक छ । यो हातधुने अभ्यासलाई कुन अवस्थामा हात धुने भनेर पर्खेर बस्ने होइन । साबुन पानीले हात धुने अभ्यासलाई नियमित बानीको रुपमा विकास गर्नु पर्छ । कुनै पनि चिज छोईसकेपछि र अर्को व्यक्तिको सम्पर्कमा जानु आगाडि अनिबार्य हात धोएर मात्र उक्त व्यक्तिको सम्पर्कमा जाने बानीको विकास गर्नु पर्छ । कुनै पनि स्थानमा प्रवेश गर्नु आगाडि पहिलो काम भनेको साबुन पानीले हात धुनु नै हो । कोरोना भाइरसको महामारीको संक्रमणबाट बच्न आफ्ना हातलाई बारम्बार साबुन पानीले धुनुको विकल्प छैन । सायद कोरोनाको डर र त्रासले होला आज बिश्वका सबै जसो मानिसहरुले साबुन पानीले हात धुने व्यवहार अबलम्बन गरेको पाइन्छ । जुन अभ्यास अहिलेको समस्याबाट मात्र मुक्त हुन नभई अबबाट यस्तो कार्य नियमित रुपमा यसै गरी दिगोरूपमा अबलम्बन गर्नु अनिवार्य छ । यस किसिमको अभ्यासका लागि सरकार, समाज र परिवारको सहयोगले साबुन पानीले हातधुने अनुकुल वातावरणको सिर्जना गर्नु आवश्यक हुन्छ ।
कोरोनाको संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन साबुन पानीले मिचीमिची हात धुने बानीको विकास हुनु जरुरी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबका स्वास्थ्य कार्यक्रमहरुमा सावुन पानीले हात धुनु कुरालाई विशेष महत्व दिएर कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । खानेपानी मन्त्रालयले पनि खानेपानीको शुद्वता र स्वच्छतामा ध्यान दिनु आवश्यक छ । मन्त्रालयले हरेक प्रदेश र स्थानिय निकायसम्म बिस्तार गरेर अगाडि बढ्नु पर्छ । जिल्लामा खानेपानी कार्यालय नभएकाले तल्लो स्तरसम्म केन्द्रको नीति कार्यन्वयनमा समस्या भइरहेको खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी बताउछन् । वाटर एड नेपालका पोलिसी एडभाइजर गोविन्द श्रेष्ठका अनुसार पछिल्ला वर्षमा चर्फीमा दिशासिपाव गर्ने बानीको विकास बढेपनि सही तवरले चर्फीको प्रयोग गर्ने र हातधुने बानीको पूर्ण रुपमा विकास भइनसकेकाले चुनौति बाकी नै छ ।
साबुन पानीले हातधुने कार्यलाई एउटा नियमित बानीको रुपमा लिएर हातधुने कामलाई प्रथम र महत्वपुर्ण कर्तब्य ठानेर सबैले प्राथमिकताका साथ अबलम्बन गर्नु कोरोना संक्रमनबाट बच्न अति जरुरी छ । हातधुने आभ्यासलाई अल्छिको रुपमा कुनै पनि हालतमा लिनुहुदैन । हातधुने कार्यलाई समस्या आउदा मात्र धुने र आफ्नै हात त हुन अनि बाहिरबाट हेर्दा सफा जस्तै देखिन्छन् भनेर लापरवाही गर्न हुदैहुदैन । कोरोना जस्ता संक्रमित रोगहरुबाट बच्न सबै भन्दा उत्तम उपाय साबुन पानीले हात धुनु हो । यो कार्यको लागि हरेक व्यक्ति आफै सक्रियतामा हातधुने र रोग सर्ने दर घटाउने तर्फ लाग्नुपर्छ । जबसम्म व्यक्ति आफै सुसुचित हुदैन र साबुन पानीको प्रयोग गरेर आफ्नो हातहरु नियमितरुपमा धुने बानि बसाल्दैन तबसम्म संक्रमणको समस्या रहिरहन्छ । समुदायमा एकले अर्कोलाई साबुन पानीले हात धुदा कोरोना सर्नबाट रोक्न सहयोग पुग्छ । हरेक नागरिक सचेत भए मात्र पूर्णरुपले साबुन पानीले हातधुने अभियान सफल हुन्छ ।