कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउँदै

न्यूज समय

नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको बनाउने करिव करिव टुंगो लागेको छ ।
लामो समय देखि दलको नेता छान्न निर्वाचन सम्मको प्रकृयामा पुगेको काँग्रेसले अन्तः आङ्देम्बेलाई नेता बनाउने गरी गृहकार्य अगाडी बढाएको बताईएको छ ।

काँग्रेसका पार्टी उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले संसदीय दल नेताका आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि उनलाई दलको नेतामा सिफारिस सहित सभापति गगन कुमार थापालाई नाम बुझाईएको पनि नेताहरुले बताएका छन् ।

प्रतिनिधी सभामा ३८ जना सांसद रहेको काँग्रेसले लामो समय देखि संसदीय दलनको नेताको चयनलाई टुंग्याउन सकेको थिएन् ।
प्रत्यक्ष र समानुपातिकबाट निर्वाचिन सांसदहरु मध्य अर्जुन नरसिंह के.सी., भीष्मराज आङ्देम्ब, मोहन आचार्य लगाएतका नेताहरु संसदीय दलको नेतामा दावि गर्दै आएका थिए ।

अहिले दिउँसो बस्ने काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दल नेता सर्वसहमतिका आधारमा घोषणा गर्ने तयारी गरेको पनि नेताहरुले बताएका छन् ।

गुट उपगुटलाई पन्छाउँदै पार्टीभित्रको बृहत् एकतालाई ध्यान दिँदै आङ्देम्बेलाई दल नेता बनाउने गरी सहमति जुटेको पनि बताईएको छ ।