मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणका आरोपित पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
अनुसन्धानका लागि मंसिर ३ गते जिल्ला अदालत काठमाडौं मार्फत पक्राउ पुर्जी जारी भएपछि सम्पर्क विहिन रहेका अर्याललाई छिमेकी देश भारत नजिकैबाट पक्राउ गरी ल्याईएको बताईएको छ ।
अर्यालविरुद्ध मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति पाए पछि प्रहरी उनको खोजतलासमा जुटेको थियो ।
मुख्यसचिवका रूपमा करिब १५ महिना काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश भएका थिए ।
मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलीको आरोपमा दुई पूर्वमन्त्री सहित थुप्रै कर्मचारीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।


न्यूज समय
१० मंसिर, २०८३, बिहिबार १३:३८