नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै उपत्यकाका जिल्ला प्रशासन अगाडि धर्ना कार्यक्रम गरेको छ ।
महासङ्घको आयोजनामा पत्रकारहरुले आज विहान ९ बजे देखि ११ बजे सम्म काठमाडौं, ललितपुर, र भक्तपुर जिल्ला प्रशासन अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको हो ।
‘पत्रकारलाई पटक पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहितका व्यानर बोकेर महासङ्घले बिहान ९ बजे देखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।
समाचार लेखेकै भरमा पत्रकारलाई गिरफतारी तथा दुःख दिने कार्यको महासङ्घले लगातार तिव्र बिरोध गर्दै आएको छ ।


न्यूज समय
९ मंसिर, २०८३, बुधबार १२:०१