झडप नियन्त्रणमा लिन बाँके प्रहरीले ८ राउण्ड हवाई फायर गर्यो

न्यूज समय

दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन बाँके प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । बाँकेका एसपी अंगुर जिसीका अनुसार वैजनाथ गाउँपालिका–१ चिसापानीमा स्थानीय जागरण युवा क्लब चिसापानी बाँकेले गरको मेलामा दुई पक्षबीच राति झडप भएको थियो ।

मेलामा राति आगो बालेर बसेका दुई समूहका युवाबीच झडप तथा ढुंगामुढा हानाहानदेखि अगुल्टोले समेत हान्ने कार्य भए पछि उनीहरुलाई छुट्याउन गएको प्रहरीमाथि समेत आक्रमण भएको थियो ।

झडपको स्थीति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले ८ राउण्ड हवाई फाएर गरेको पनि एसपी जिसीले बताए ।

झडप छुट्याउने क्रममा सईस हित चार प्रहरी तथा झडप गर्ने मध्यका एक जना घाईते भएको पनि प्रहरीले जनाएको छ ।

झडपमा संलग्न भएको आरोपमा अर्का एकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।