पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
वैदेशिक रोजगारी (मलेसिया) जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको सिआइबीले जनाएको छ ।
पक्राउ पुर्जी जारी भए पनि अर्याल कहाँ छन भन्ने पत्तालाग्न नसकेको र उनको खोजि कार्य भइरहेको बताईएको छ ।
यस अघि बुधबार सिआइबीले मलेसियन सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई नियन्त्रणमा लिइसकेको छ ।
सिआइबी नियन्त्रणमा हुनेहरुमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव, अछामका ६० वर्षीय शेरबहादुर, सर्लाहीका ६१ वर्षीय रामेश्वर रहेका छन् ।
त्यस्तै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरूङ पनि पक्राउ परेको बताईएको छ ।
पक्राउ परेका विरुद्ध ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा म्याद थप भएर अनुसन्धान अघि बढाएको छ ।


न्यूज समय
३ मंसिर, २०८३, बिहिबार १६:३८