एनपीएल अन्तरगत तेस्रो संस्करणको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र चितवन राइनोज बीच प्रतिशप्रर्धा हुँदै

न्यूज समय

जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल अन्तरगतको तेस्रो संस्करणको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र चितवन राइनोज बीच प्रतिशप्रर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे देखि सुरु हुने खेलमा दुवै टोली इलिमिनेटर पार गर्दै उपाधि हाँसिलका लागि प्रतिशप्रर्धामा होमिदै छन् ।

यस अघिका दुई संस्करणमा दुवै टोलीको यात्रा इलिमिनेटरमै पहिलो संस्करणमा चितवन राइनोज कर्णाली याक्ससँग तथा दोस्रो संस्करणमा काठमान्डु गोर्खाज लुम्बिनी लायन्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

तर यसपटक भने दुवै टोलीसँग त्यो इतिहास बदल्ने अवसर आएको छ । त्यस्तै लिग चरणमा काठमान्डु तेस्रो र चितवन चौथो स्थानमा रहेका छन् ।

काठमान्डुले सात खेलबाट चार जितसहित आठ अंक जोड्दा चितवनले तीन जित र एक नतिजाविहीन खेलबाट सात अंक प्राप्त गरेको थियो ।
आजको इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोलीको प्रतियोगिताबाट बाहिरिनु पर्ने छ ।

यसअघि हिजो भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराएर फाइनलमा स्थान बनाइसकेको छ ।